Comments Add Comment

वीरगञ्ज महानगरमा अख्तियारको छापा

२८ साउन, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको एक टोली वीरगञ्ज महानगरपालिमा पुगेको छ ।

अनुसन्धानका लागि माग गरेको कागजात महानगरले नबुझाएपछि टोली नै पठाएको अख्तियाको हेटौंडास्थित कार्यालयले जनाएको छ ।

वीरगञ्जमा निषेधाज्ञा जारी रहेकै बखत अख्तियारले ५० हजार भन्दा बढी मुल्यांकन गरिएका घर जग्गाको विवरण माग गरेको थियो । वीरगञ्जमा कोरोना संक्रमण कम भई स्थिति सामान्य भइसकेपछि पनि कागजात नपठाएपछि टोली नै पठाएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाका सूचना अधिकारी सहसचिव विष्णुप्रसाद सापकोटाले वीरगञ्ज महानगरले माग गरेको कागजात नदिएपछि टोली पठाइएको जानकारी दिए ।

‘राजश्वसम्बन्धी उजुरीको अनुसन्धानका लागि आवश्यक कागजात माग गरेका थियौं, महानगरले पठाइरहेको थिएन’ उनले भने, ‘कागजात नहुँदा अनुसन्धानमा ढिलाइ भइरहेको थियो, कागजातको अध्ययनबाट नै प्रमाण संकलन गर्ने हो । त्यसैले कागजात लिन टोली नै पठाएका हौं ।’

माग गरेको आवश्यक कागजात सम्बन्धित कार्यालयले नबुझाउने समस्या बढेपछि अन्य जिल्लाहरुमा पनि अख्तियारले टोली पठाएर कागजपत्र झिकाइरहेको उनको भनाइ छ ।

वीरगञ्ज महानगरपालिका राजश्व शाखा प्रमुख अरुण बस्नेतले भने कामको चापले गर्दा कागजात पठाउन ढिलाइ भएको बताए ।

‘निषेधाज्ञाको समयमा अख्तियारको पत्र आएको थियो, आर्थिक वर्षको अन्त्यमा राजश्व फाँटमा कामको धेरै चाप हुन्छ । मागेको कागजात पठाउन सकिएन’ उनले भने, ‘त्यसैले अख्तियारको टोली आएर कागजात लिएर गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment