
२९ साउन, काठमाडौं । बाढी र पहिरोले बगाएका स्थानमा बेलिब्रिज वा यान्त्रिक पुल राख्ने स्थानको सर्वेक्षण गर्न सरकारको प्राविधिक टोली आज सन्धुपाल्चोक गएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको नेतृत्वको टोली आज बिहान सिन्धुपाल्चोक गएको हो ।
टोलीमा नेपाली सेना, सडक विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिकहरू छन् । टोली स्थलमार्ग हुँदै सिन्धुपाल्चोक प्रस्थान गरेको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका जनप्रतिनिधिहरुसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न सकिने ठाउँको सर्वेक्षण गर्ने जानकारी दिए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय पुल बनाइ आउ–जाउ सहज बनाउन निर्देशन दिएका थिए ।
प्रतिक्रिया 4