+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

ट्युसन पढ्ने विद्यार्थीलाई मात्रै राम्रो अंक दिएको भन्दै पवन माविका विद्यार्थी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १४:२५

२९ साउन, नवलपरासी । रामग्राम नगरपालिकाको परासीस्थित पवन माविका विद्यार्थीहरु गणित विषयका शिक्षकले अन्याय गरेको भन्दै आन्दोलित भएका छन् ।

विद्यार्थीहरुले गणित विषयका शिक्षक रामप्रसाद बस्यालले आफूसँग ट्युसन पढ्ने विद्यार्थीलाई मात्र राम्रो ग्रेड दिएको र ट्युसन नपढ्ने सबैलई कमजोर ग्रेड दिएको आरोप लगाउँदै आन्दोलनमा उत्रिएका हुन्।

उनीहरुले विद्यालय परिसर अगाडी गणित शिक्षकलाई कारबाहीको माग गर्दै पालिकाको शिक्षा शाखामा उजुरी समेत दिएका छन् ।

यता, नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्र प्रसाद रेग्मीले भने विद्यार्थीहरुले निवेदन फिर्ता लगेको बताएका छन् ।‘केही दिन अघि विद्यार्थीहरु निवेदन लिएर आएका थिए । मैले उनीहरुको अगाडि नै प्रधानाध्यापक ऋषि ढकाल र आरोपित शिक्षकलाई फोन गर्दा विद्यार्थीले झुटो आरोप लगाएको भन्‍नु भो,’ उनले भने, ‘त्यसपछि अर्को दिन एकै ठाउँमा बसेर छलफल गर्ने सहमति भएको थियो तर त्यही दिन विद्यार्थी आएर निवेदन फिर्ता लगे ।’

शाखा प्रमुख रेग्मीले विद्यार्थीलाई नगरपालिकाले पुन: परीक्षा लिने उक्त परीक्षामा विद्यार्थीले राम्रो अंक ल्याए शिक्षक कारबाहीमा पर्ने र विद्यार्थीले कमजोर ल्याए विद्यार्थी कारबाहीमा पर्ने तथा उक्त परीक्षाको आधारमा प्रमाणीकरण भइसकेको नतिजामा हेरफेर नहुने भनेपछि विद्यार्थीले निवेदन फिर्ता लिएको बताए ।

उनले भने, ‘गुनासो आइसकेपछि केही समाधानको उपाय त खोज्नै पर्ने भो । त्यसका लागि परीक्षा गराउनुभन्दा अरु उचित विकल्प नदेखेपछि परीक्षा गराउने सोच थियो तर विद्यार्थीले निवेदन फिर्ता लिएर गए । फेरि हिजो विद्यालयमा नाराबाजी गरे भनेर सुन्छु ।’

यसबारेमा नगर शिक्षा शाखाले प्रधानाध्यापक र विषय शिक्षकसँग पनि पटक-पटक कुरा गर्दा विद्यार्थीमाथि अन्याय नगरेको उनीहरुले दाबी गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?