+

प्रिमियर लिग : आर्सनल पहिलो खेलमै नवप्रवेशी ब्रेन्टफोर्डसँग पराजित

२०७८ साउन  ३० गते १०:२१ २०७८ साउन ३० गते १०:२१
प्रिमियर लिग : आर्सनल पहिलो खेलमै नवप्रवेशी ब्रेन्टफोर्डसँग पराजित

३० साउन, काठमाडौं । प्रिमियर लिग २०२१-२२ अन्तर्गत सिजनको पहिलो खेलमै आर्सनल पराजित भएको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा नवप्रवेशी ब्रेन्टफोर्डले बर्सनललाई २-० ले पराजित गरेको हो ।

घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डे दुवै हाफमा गोल गरेको थियो । उसका लागि २२औं मिनेटमा सर्जी कानोस र ७३औं मिनेटमा क्रिस्टियन नोएरगार्डले गोल गरे ।

७४ वर्षपछि इंग्ल्याण्डको शीर्ष डिभिजनमा फर्केको ब्रेन्टफोर्डले जितसहित लिग सुरुआत गरेको छ । ब्रेन्टफोर्ड प्रिमियर लिग खेल्ने ५०औं टिम हो ।

प्रिमियर लिगमा आज ७ खेल हुँदैछ ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय