Comments Add Comment

थारु भाषा समानीकरणका लागि कार्यशाला गोष्ठी सुरु

३१ साउन, काठमाडौं । थारु आयोगले थारु भाषा समानकीकरणको लागि कार्यशाला गोष्ठी सुरु गरेको छ ।

भक्तपुरको बोडेस्थित कृषि तालीम केन्द्रको हलमा आयोगले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको सहकार्यमा चारदिने कार्यशाला गोष्ठी सुरु भएको हो ।

थारु आयोगका सदस्य भोला चौधरीले थारु भाषामाथि दक्षिण र उत्तरतिरबाट विभिन्न समुदायबाट आक्रमण भइरहेको बताए । उनले भने, ‘थारु तराईको सबैभन्दा पुरानो समुदाय हो । थारुको बसोबाससँगै उसको भाषा पनि पुरानो हो । तर विडम्बनाथारुको भाषामाथि दक्षिण र उत्तरतिरका विभिन्न समुदायबाट पटक-पटक आक्रमणको प्रयास भएको छ ।’

नेपालको संविधान अनुसार मातृभाषालाई संरक्षण गर्ने अधिकार दिए पनि कानून बनाएर पाठ्यक्रम लागू गर्न गाह्रो भएको उनको भनाइ छ ।

उनले थारु भाषालाई मानक भाषा बनाउन विभिन्न जिल्लामा थारु कथाकार, साहित्यकार र भाषा विज्ञले थारु भाषाको कथा, उपन्यास, प्रकाशित भइसकेको बताए ।

थारु व्याकरण पनि प्राध्यापक  महेश चौधरी र डा. गोपाल दहितलगायतले तयार गरिसकेको उनले जानकारी दिए । यस्तै  गोष्ठीमा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमिलाल चौधरीले थारुमानक भाषाका अवधारणा पत्र पेस गरेका छन् ।

उनले अवधारणा पत्रमा थारुको प्राचीन थारु ग्रन्थ गुर्बाबक जलमौटीको आधारमा कुल देवताको जन्मअनुसार विभिन्न थरको समानान्तर वर्गीकरण भएको तर भाषाषाको आधारमा थारहरुको वर्गीकरण कही कतै उल्लेख नगरेको लेखेका छन् ।

थारु भाषा भौगोलिक क्षेत्र अनुसार मोरङिया, सप्तरिया, चितवनिया, कठरिया, डंगौरा आदिको रुपमा देखिएको अवधारणापत्रमा उल्लेख छ ।

प्रचीनकालमा  तराई क्षेत्रमा छुट्टै  थारु गण राज्यहरु (सप्तरीको बरमझियामा कोचिला, दाङमा दङ्गीशरणको राज्य) भएको बताइन्छ ।

पछि नेपाल एकीकरण पश्चात् ती राज्यहरुका भूगोल भारत र  नेपालमा विलय भएको तर सयौं वर्षदेखि राज्य सञ्चालनबाट बञ्चित भएपछि वि. सं.१९८० मा आर्थिक, सामाजिक र शैक्षिक, राजनीतिक क्षेत्र सुधार गर्न स्वर्गीय अमरबहादुर फोजदार  थारुले सभा गादीचौरासी बोलाएर थारु लिखित आचार संहिता चालु गरेको अवधारणा पत्रमा उल्लेख छ ।

राष्ट्रिय जणगणना २०६८ अनुसार कुल जनसंख्याको ६ प्रतिशत तथा चौथौ ठूलो भाषाको रुपमा थारु भाषा परिचालित छ । कार्यक्रममा थारु विज्ञहरुले थारुभाषाका अवधारणा पत्र पेस गर्नेछन् ।

चार दिनसम्म चल्ने कार्यशालाको अन्तिम दिन थारुभाषा मानकीकरणको निर्देशिका पुर्नलेखन तयार हुने थारुभाषा मानकीकरण समितिका संयोजक कुछतनारायण चौधरीले जानकारी दिए ।

उनका अनुसार प्रत्येक जिल्लाबाट थारु भाषाका विज्ञहरुले आआफ्नो क्षेत्रमा बोलिने थारु भाषाको बारेमा अवधारणा पत्र गोष्ठीमा पेस गर्नेछन् ।

गोष्ठीमा तराईका २४ जिल्लाका थारु भाषाका विज्ञहरुको उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment