Comments Add Comment

नेपाल प्रहरीलाई स्रोत, साधनले सम्पन्न बनाउन गम्भीर छौंः गृहमन्त्री खाँड

३१ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीमा जनशक्ति थप गरेर स्रोतसाधनले सम्पन्न बनाउने विषयमा सरकार सकरात्मक रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार निरीक्षण भ्रमण गर्दै उनले भनेका छन्, ‘नयाँ दरबन्दी र आवश्यक सामग्री, उपकरणको उपलब्धतालाई हामीले गम्भीरताका साथ लिएका छौं ।’

अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीले प्रहरीबारे प्रस्तुतिकरण दिँदै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रहरीको संख्या वृद्धि गर्नुपर्ने उल्लेख गरेका थिए । हाल एक जना प्रहरीको काँधमा ४ सय बढी नागरिकको सुरक्षाको जिम्मेवारी रहेको उनको भनाइ थियो ।

जवाफमा गृहमन्त्री खाणले जनशक्ति थप्ने विषयसँगै रिक्त रहेको पदमा पनि यथाशिघ्र पदपूर्ति गर्नुपर्ने बताए । हाल प्रहरीमा ९ हजार ६२५ पद रिक्त छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा २०४८ सालमै गृहमन्त्री रहिसकेको उल्लेख गर्दै उनले देउवा आफैं पनि प्रहरीको क्षमता वृद्धि र स्तरोन्नतीमा सकरात्मक रहेको बताए । खाणले भने, ‘प्रधानमन्त्रीज्यू आफैं पनि प्रहरीलाई सबल र सक्षम बनाउन गम्भीर हुनुहुन्छ ।’

बहुदलीय व्यवस्थामा सरकारको नेतृत्व परिवर्तनलाई नागरिक र प्रशासनले सामन्य रुपमा लिनु पर्ने पनि उनले बताए । संविधानको रक्षा गर्नु सबैको दायित्व भएको बताउँदै खाँडले भने, ‘आफ्नो भूमिका निष्ठापूर्वक निर्वाह गर्नु हुनेछ भन्ने विश्वास छ ।’

निरीक्षणका क्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संगठनले पछिल्लो समय पद्धतिजन्य विकास र सुत्रबद्ध परिचालनमा महत्वपूर्ण सफलता हाँसिल गरेको बताए ।

उनले भने, ‘नेपाल प्रहरीको कार्य योजना २०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोबल विषयमा शोध र प्राप्त सुझावहरुको कार्यान्वयन, प्रहरी कर्मचारीहरुको आचार संहिताको कार्यान्वयन लगायतका विषयले संगठनको पद्धतिजन्य विकास र सुत्रवद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

साेही अवसरमा खाँडले डिजिटल फरेन्सिक प्रयोगशाला, पोलिग्राफ शाखा, डाटा सेन्टर र केन्द्रीय प्रहरी स्वास्थ्य शाखाको पनि अवकोलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment