Comments Add Comment

वर्ल्ड एथ्लेटिक्स यू-२० च्याम्पियनसिप : नेपालका अजितले मंगलबार प्रतिस्पर्धा गर्ने

३२ साउन, काठमाडौं । नेपाली धावक अजितकुमार यादवले केन्यामा हुने वर्ल्ड एथ्लेटिक्स यू-२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । मंगलबारदेखि सुरु हुने च्याम्पियनसिपमा अजितले तीन मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपका लागि नेपाली खेलाडी र प्रशिक्षक केन्या पुगिसकेको नेपाल एथ्लेटिक्स संघका महासचिव आरके विष्टले जानकारी दिए । ‘अजितसँगै प्रशिक्षक धनिराम चौधरी पनि जानुभएको छ ।’

अजितले सहभागी तीन हजार मिटरको प्रतिस्पर्धा मंगलबारै हुनेछ । स्थानीय समय अनुसार ५:४५ अर्थात नेपाली समय दिउँसो ३ बजे उनको इभेन्ट सुरु हुनेछ ।

अजितको व्यक्तिगत टाइमिङ ८ मिनेट ३०.३२ सेकेण्ड रहेको छ ।

सन् २०१९ मा हङकङमा भएको एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा तीन हजार मिटरमा स्वर्ण जितेका अजित सिधै वर्ल्ड यू-२० च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।

एसियन लेभलमा ४५ वर्षपछि ऐतिहासिक स्वर्ण जितेका अजितले २०७६ साल मंसिरमा नेपालमै भएको १३औं सागमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेपनि स्वास्थ्यमा समस्या आएपछि उनले १३औं साग गुमाए । तर पनि उनी निराश भएनन् र स्वास्थ्य अवस्था ठीक भएपछि फेरि ट्रयाकमा फर्किए ।

त्यसपछि उनले विभिन्न मध्यम दूरीको दौडमा स्वर्ण जित्दै आफू फिट रहेको प्रमाणित गरेका थिए । उनले दुई साता अघि भारतमा भएको फेडेरेसन कपमा एक हजार ५०० मिटरमा दौडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment