+
+
Shares

नेपाल सरकारले नै भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्नु खेदजनक : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते १७:३०

३२ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले नै भूपू गोर्खा सैनिकहरुलाई हत्तोसाहित गर्नु खेदजनक भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोली समेत नबनाउनु आपत्तिजनक भएको बताए । समस्या समाधानका लागि अब नेपाल सरकारको सक्रिय संलग्नतामा पहल गर्नुपर्ने बताए ।

तर परराष्ट्र मन्त्रालयले भूतपूर्व गोर्खाहरुले आमरण अनसन गर्न सुहाउने कुरा होइन भनेर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पत्र पठाएको सांसद रावलले बताए । उनले भने, ‘आफ्ना देशका नागरिकहरुको हकहितमा जोडदार आवाज उठाउनुपर्नेमा आफ्ना न्यायोजित माग उठाउने भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक हो ।’

उनले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारको सहभागितामा वार्ता समिति गठन गर्नुपर्ने र समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?