+
+
Shares

सिभिल बैंकको सर्वाधिक ब्याजदर सहितको वरिष्ठ वचत खाता

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते १८:३४

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले ल्याएको छ । वरिष्ठ वचत खाता बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने छ ।

५८ वर्षभन्दा माथिकाले न्युनतम मौज्दात रु १० हजार राखी खोल्न सकिने वचत खातामा वाषिर्क ६.०५प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथ साथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलावा विशेष सेवाअन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नै वाचा गर्दछ, साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए ।

निक्षेप तर्फ रु. ९१.६७ अर्ब र कर्जातर्फ रु. ८५.१४अर्व पुर्‍याउन सफल भएको सिभिल बैंकले निष्त्रिmय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५ प्रतिशत मा सिमित गर्न सफल भएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?