 
																			१ भदौ, काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ ।
सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोपूर्वक हेरिएको छ । सोमबार राति अध्यक्ष ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै यो क्षम्य नहुने बताएका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेका हुन् । साथै उनले एमाले एकताका लागि आह्वानसमेत गरेका छन् ।
आजै एमालेले संसदीय दलको बैठक पनि बस्दैछ । संसद अधिवेशन अन्त्य भए लगत्तै बोलाइएको यो बैठक नियमित भएको संसदीय दलका नेता प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4