+
+

करेन्ट लागेर सप्तरीमा बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १०:५५

१६ भदौ, सप्तरी । भुईँमा लत्रिएको विद्युतीय तारमा परी करेन्ट लागेर सप्तरीमा एक जना बालकलाई मृत्यु भएको छ ।

डाक्नेश्वरी नगरपालिका-१० रंजितपुर निवासी पवन यादको गोठमा विद्युतीय तार लत्रेको थियो । लत्रेको नाङो तारबाट करेन्ट लाग्दा उनका ९ वर्षीय छोरा अर्जुनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गोठमा खेल्ने क्रममा बालकलाई लत्रिएको विद्युतको नाङो तारबाट करेन्ट लाग्दा मृत्यु भएको हो । करेन्ट लागेर सिकिस्त भएका बकालकलाई उपचारका लागि कल्याणपुरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?