+
+

मीन विश्वकर्माले दिए दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १७:२५
फाइल तस्वीर

१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।

१३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उनले बताएका छन् । तर विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।

यो निर्देशिका मान्य नभएको भन्दै उनले दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?