+
+
कोरोना महामारी :

चार्टर्ड उडान गरेका एयरलाइन्सले चर्को शुल्क लिएको अध्ययन समितिको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १८:०९

१६ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीका बेला यात्रुको उद्धारका लागि खटिएका जहाजले चार्टर्ड उडानमा चर्को भाडा लिएको एक अध्ययनले देखाएको छ ।

चार्टर्ड उडानमा बढी भाडा लिएको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानविन समितिको अध्ययनले यस्तो देखाएको हो ।

समितिले बुधबार मन्त्रालयका सचिव यादव कोइरालालाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार केही एयरलाइन्सले चार्टर्ड उडानका दौरान तोकिएको भन्दा बढी भाडा लिएको उल्लेख छ । सरकारले ७ असारमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलको संयाेजकत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिले अध्ययनका क्रममा सर्वसाधारणसँग बढी भाडा लिएको प्रमाणसहित उजुरी पेश गर्न भनेको थियो । सो क्रममा कुल २५ वटा उजुरी प्राप्त भएका थिए । समितिलाई प्राप्त उजुरीमध्ये कतार एयरवेजलाई १६ वटा, टर्किस एयरलाइन्सलाई ७ वटा र हिमालय एयरलाइन्सलाई ७ वटा उजुरी परेको थियो । यसमध्ये कतारले ९ वटा टिकटमा तोकिएको भन्दा बढी भाडा लिएको पाइएको समितिले जनाएको छ । टर्किस एयरलाइन्सले २ वटा र हिमालय एयरलाइन्सले समेत २ वटा टिकटमा तोकिएको भन्दा बढी भाडा लिएर यात्रु उडाएको देखिएको छ । समितिले निर्धारित भाडाभन्दा बढी भाडा लिने कम्पनीहरुमाथि विस्तृत अनुसन्धान गरि कारवाही गर्न समेत सुझाव दिएको छ ।

नेपालमा कोरोना भाइरसको महामारी फैलिएको समयमा नियमित हवाई उडान बन्द थियो । सो समयमा आपतकालिन अवस्थामा रहेका विभिन्न मुलुकका नागरिकको उद्धार गर्न चार्टर्ड उडान गर्न भने दिइएको थियो । तर, महामारीको समयमा मौकाको फाइदा उठाउँदै एयरलाइन्स कम्पनीले महंगो भाडा लिएको गुनासो आएपछि सरकारले छानिवन समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?