+
+

ईपीएलका लागि चितवन टाइगर्सले सार्वजनिक गर्‍यो टिम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते ८:१८

१७ भदौ, काठमाडौं । आगामी असोजमा आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० का लागि चितवन टाइगर्सले टिम सार्वजनिक गरेको छ । जसलाई प्रभु पेले मुख्य प्रायोजन गरेको छ ।

चितवनले बुधबार एक कार्यक्रमका बीच प्रभु पे संग मुख्य प्रायोजन सम्झता गरेको हो । चितवन टाइगर्सका मालिक किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रभु पे मोबाइलबाट भुक्तानी गर्नका लागि इलेक्ट्रोनिक्स बलेटको रुपमा रहेको छ । चितवन आइडिएस ग्रुपको स्वामित्वमा रहेको टिम हो ।

इपीएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय मैदानमा आयोजना हादैछ ।

चितवनले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित पाँच विदेशी खेलाडीको नाम पनि बुधबारको कार्यक्रममा सार्वजनिक गरेको छ । जसमा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद र करिम जन्नत, पाकिस्तानका डानिस अजिज, श्रीलंकाका सेगुके प्रसन्न र मलेसियामा भिरनदिप सिंह छन् ।

अफगानिस्तानका करिम जन्नतलाई भने चितवनले बुधबारै सार्वजनिक गरेको हो ।

यसअघि नै चितवनले विदेशी खेलाडीहरु अनुबन्ध गरिसकेको थियो । बुधबाको कार्यक्रममा उनीहरुको भिडियो सन्देशसहित सार्वजनिक गरिएको हो ।

यसैगरी चितवनले दिल्लीका पूर्व क्रिकेटर पुरु सिंहलाई टिम व्यवस्थापक र सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । ४० वर्षीय सिंह आईसीसी लेभल २ प्रशिक्षक हुन् ।

चितवनको मुख्य प्रशिक्षकमा सासन जंग थापा छन् भने टिम मेन्टर र सहायक प्रशिक्षकमा पुरनेन्द्र घोष रहेका छन् ।

कोभिड१९ महामारीले गर्दा अघिल्लो वर्ष तोकिएको समय हुन नसकेको इपीएलमा यस पटक राम्रो नतिजा ल्याउने लक्ष्यसहित चितवनले टिम तयार पारेको टिम मालिक किशोर भट्टराईले बताएका छन् ।

उनले यसअघिका दुई सिजनमा प्रदर्शनबाट सिक्नै यस पटक राम्रो नतिजाका लागि खेल्ने बताए । चितनले यस पटक सोमपाल कामीलाई कप्तान तथा मार्की खेलाडी बनाएको छ । अघिल्लो सिजन काठमाडौं किंग्स ११ बाट खेलेका सोमपालाई चितवनले दीपेन्द्र सिंह ऐरीसंग ट्रेड गर्दै भित्र्याएको हो ।

यस्तै टिमका अन्य खेलाडीमा राष्ट्रिय टिमबाट खेलिसकेका कमल सिंह ऐरी, शाहब आलम, ललित सिंह भण्डारी, दिलीप नाथ, राजेश पुलामी मगर छन् । यस्तै सागर ढकाल, भिम शार्की, खडक बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल र गौतम केसी छन् ।

चितवनले यही टिमबाट राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको हो । इपीएलमा चितवनसँगै विराटनगर वारियर्स, काठमाडौं किंग्स एघार, साविक विजेता ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी चितवन टाइगर्सको माउ संस्था आइडीएस ग्रुप र सिल्क ग्रुपले बुधबार संयुक्त रुपमा आइडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडको सुरुवात गरेको छ । आइडीएसका प्रमुख किशोर भट्टराई, सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु म्यानेजमेन्टका कुसुम लामाले आइडीएस सिल्क स्पोर्टस प्रालिको सुरुवातका लागि संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तै आइडीएस ग्रुपले आइडीएस सिल्क स्पोर्ट्स एकेडेमीको सुरुवात गर्ने मुख्य योजना रहेको जनाएको छ । यसको उद्देश्य काठमाडौँ उपत्यकाभित्र सुविधासम्पन्न एकेडेमी निर्माण गर्ने रहेको आइडीएसका प्रमुख किशोर भट्टराईले बताए । एकेडेमीले युवा प्रतिभाको पहिचान गर्दै प्रमुख खेलाडी बनाउने प्रयास गर्ने ग्रुपले जनाएको छ ।

यस वर्ष चितवनको स्वामित्व आइडीएस ग्रुपसंग रहने र अर्को वर्षदेखि आइडीएस सिल्क स्पोर्ट्स प्रालीले चितवनको स्वामित्व लिने भट्टराईले घोषणा गरेका छन् । खेलको विकास गर्नका लागि ग्रुप लाग्ने उनले बताए ।

आइडीएस ग्रुप र सिल्क स्पोर्ट्स मर्ज भएर बनेको आयडीएस सिल्क स्पोर्ट्स प्रालीको प्रमुखमा कुसुम लामा रहने किशोर भट्टराईले घोषणा गरे । यस्तै म्यानेजिङ डिरेक्टरमा भट्टराई स्वयम रहनेछन् भने चितवनको अप्रेसनि डिरेक्टर रहेकी विनिता चौधरी भट्टराई र सिल्क ग्रुपका डिरेक्टर रमेश शेर्पा आइडीएस सिल्क स्पोर्ट्सको डिरेक्टरमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?