+
+
WC Series
विराटनगर किंग्स 2025
25/2 (5.1)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

अलबिदा नीशा…

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते ११:३३

मोडल नीशा घिमिरेको पशुपति आर्यघाटमा दाहासस्कार गरिएको छ । आज बिहान उनको पशुपति आर्यघाटमा दाहासस्कार गरिएको हो । दाहासस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो ।

‘नीशा घिमिरे संरक्षण कोष’ले दाहासस्कार गर्नु अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट परिसरमा राखेको हो । नीशालाई केही कलाकर्मी र उनकोे परिवारले श्रद्धाञ्जली अर्पण गरेका थिए । मोडल नीशाको उपचारका क्रममा बुधबार नर्भिक अस्पतालमा निधन भएको थियो । ३ बर्ष अगाडि भारतमा अध्ययनका लागि पुगेकी नीशा गम्भिर कार दुर्घटनामा परेकी थिइन् ।

भारतमा केही समय उपचार गराएर उनको परिवारले उनलाई नेपाल ल्याएको थियो । नेपाल ल्याएपछि पनि उनको केही समय उपचार गरिएको थियो । तर, उनी लामो समयदेखि घरमै अचेत अवस्थामा थिइन् । उनलाई नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरी निःशुल्क उपचार सुरु गराएकी थिइन् ।

तर, ३ महिनासम्म उपचार गर्दा पनि नीशाको स्वास्थ्यमा आशातित सुधार हुन सकेको थिएन । नीशाले केही सिरियल र म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?