+
+

यी महिला, जो ४० वर्षदेखि निदाएकी छैनिन्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते ९:३८

भनिन्छ शान्तिको निद्रासहित सुत्नुपनि कुनै बरदानभन्दा कम होइन । हाम्रो शरीरलाई खानपान, व्यायाम तथा अन्य कामहरु जतिधेरै आवश्यक छन् उति नै आवश्यक आराम अर्थात् निद्रा पनि हुन्छ । थकान मेटाउनका लागि जब हामी निदाउँछौँ त्यस समय हाम्रो शरीरको प्रणाली पुनर्ताजगी हुने मात्र होइन शरीरबाट कैयन् विषाक्त पदार्थ निर्मलीकरणमा सहयोग पुग्दछ ।

एक दुई दिन राम्रोसँग सुत्न नपाउँदा वा निद्रा नआउँदा समेत हामीलाई बिसञ्चो भएजस्तो वा मानसिक तथा शारीरिक रुपले थाकेजस्तो महसुस हुन्छ । तर चीनकी एकजना महिला भने ४० वर्षदेखि एकपल पनि निदाएकी छैनिन् ।

ली जहानयिंग नामकी ती महिला चीनको हेनान प्रान्तकी बासिन्दा हुन् । आफ्नो जीवनमा उनी केवल बाल्यकालमा मात्र सुतिन् । आफु ५-६ वर्षको उमेरसम्म मात्र सुतेको र त्यसपछि आफू कहिल्यै पनि नसुतेको उनी बताउँछिन् ।

लीका पति लिउ सुओक्विन पनि आफूले आफ्नी श्रीमती निदाएको कहिल्यै पनि नदेखेको बताउँछन् । निद्रा नलाग्ने समस्याको समाधानका लागि उनले पत्नीको अनेक ठाउँमा गएर उपचार गरे, विभिन्न औषधिहरु पनि खुवाइयो, तर समस्या २० को १९ भएन । उनको अनिद्राको कारण पनि पत्ता लाग्यो । केही समय अगाडि बेइजिङको एक अस्पतालमा गरिएको वृहत परीक्षणका क्रममा डाक्टरहरुले उनको त्यो बिमारीको कारण पत्ता लगाएका हुन् ।

चिकित्सकहरुले उनलाई अस्पतालमा ४८ घण्टासम्म निगरानीमा राखे । त्यसक्रममा के पाइयो भने ली सुत्ने त रहेछिन् तर सामान्य मानिसहरु जस्तो होइन । उनी आँखा खोलेरै निदाउने रहिछिन् । अर्थात् अन्य मानिसहरुजस्तो निदाउने बेलामा उनको आँखा बन्द नहुने रहेछ । र, उनको निद्रा पनि निकै हल्का र छोटो समयमा सकिँदो रहेछ ।

अस्पतालमा निगरानीमा राखेकै बेला आफ्नो पतिसँग कुराकानी गरिरहेको बेला ली को आँखाको नानी केही खुम्चिएको डाक्टरहरुले देखे । उनले केही कुरा गरिरहेकै थिइन्, आँखा खुल्लै थियो । तर त्यो वास्तवमा उनी निदाएको अवस्था थियो । आँखा खुल्ला भए पनि उनको मस्तिष्क र शरीरका अन्य अंग भने निद्राको अवस्थामा भएका व्यक्तिको जस्तै हुन्थे ।

डाक्टरहरुका अनुसार ली ले २४ घण्टामा १० मिनेटभन्दा धेरै समय आँखा बन्द नगर्ने रहेछिन् । उनको अनौठो जैविक अवस्थाकै कारण ४० वर्षदेखि नसुतेको उनको दाबी सामान्य रुपमा सत्य नै सावित हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?