+

नेपाल र पपुवा न्युगिनीबीचको पहिलो ओडीआई भोलि

२०७८ भदौ  २१ गते २०:३० २०७८ भदौ २१ गते २०:३०
नेपाल र पपुवा न्युगिनीबीचको पहिलो ओडीआई भोलि

२१ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पपुवा न्यु गिनी (पीएनजी)बीचको  पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मंगलबार हुँदैछ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमान पुगेको नेपालले त्यसैको तयारी स्वरुप पीएनजीसँग खेल्न लागेको हो ।

नेपाल र पीएनजीबीच दुई ओडीआई हुनेछ । पहिलो ओडीआई मंगलबार बिहान नेपाली समय अनुसार ओमान एकेडेमीस्थित अल अम्रित क्रिकेट मैदानमा बिहान सवा ११ बजे शुरु हुनेछ । यस्तै शुक्रबार हुने दोस्रो खेल भने डे नाइट हुनेछ । नेपालले पहिलो पटक डे नाइट ओडीआई खेल्न लागेको हो ।

सन् २०२० फेब्रुअरीमा काठमाडौंमा भएको विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजपछि नेपालले पहिलो पटक ओडीआई खेल्न लागेको हो । काठमाडौंमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र अमेरिकाले प्रतिस्पर्धा गरेका थिए ।

त्रिकोणात्मक सिरिज र पीएनजीसँगको खेलका लागि नेपाली क्रिकेट टोल अगष्ट २४ मा ओमान पुगेको थियो । त्यसपछि नेपालले ओमानमै अभ्यास गरिरहेको छ ।

नेपालले पीएनजीसँग पहिलो पटक ओडीआई खेल्न लागेको छ । संयोगबस सन् २०१८ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा पीएनजीलाई नै हराएर नेपालले पहिलो पटक ओडीआई मान्यता पाएको थियो । त्यसपछि नेपाल र पीएनजीबीच पहिलो पटक खेल हुन लागेको हो । नेपालले त्यसपछि नेदरल्याण्ड्स, यूएई, ओमान र अमेरिकासँग मात्र ओडीआई म्याच खेलेको छ । पीएनजी नेपालले ओडीआई खेल्न लागेको पाँचौं टिम हो ।

नेपालले अहिलेसम्म पीएनजीसँग ४ खेल खेल्दा एक पटक मात्र जित हात पारेको छ । सन् २००५ मा भएको एकदिवसीय विश्वकप छनोट र २०१५ मा भएको र विश्वक क्रिकेट लिगका दुई खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो ।

पछिल्लो पटक २०१८ मा भएको खेलमा भने नेपाल विजयी भएको थियो ।

ओमान टुर नेपालको लागि महत्वपूर्ण रहेको छ । विशेषगरी पूर्व कप्तान पारस खड्काले सन्यास लिएपछि नेपालको यो पहिलो टूर हो ।

अन्तर्राष्ट्रिय ओडीआई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय