+
+

अनौठो संस्कार, जहाँ पति जिवितै हुँदा पनि हरेक वर्ष विधवा हुन्छन् महिलाहरू

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १३:१०

हिन्दु धर्म सस्कारमा विवाहित महिलाको जीवनमा सिन्दुर, चुुरा पोते, मेहेन्दी जस्ता चिजहरूले अर्थ राख्दछन् । रूढीवादी परम्परागत मान्यता अनुसार पतिको मृत्यु भएकी अर्थात् विधवा महिलाले उल्लेखित श्रृंगारहरु लगाउनु हुँदैन भनिन्छ । यद्यपि पछिल्लो समयमा यस्तो मान्यता तोडिँदै गएको छ । उता छिमेकी मुलुक भारतको एउटा समुदायमा चाहिँ महिलाहरु आफ्नो पति जिवितै हुँदासमेत हरेक वर्ष केही समयका लागि विधवा जस्तै बन्दछन् ।

उक्त समुदायको नाम गछवाहा हो । यो समुदायका महिलाहरुले लामो समयदेखि उक्त रीतिरिवाजको पालना गरिरहेका छन् । अनौठो त के भने उनीहरुले आफ्नो पतिको दीर्घायूको कामना गर्दै हरेक वर्ष विधवा जस्तै बन्दछन् ।

उत्तर प्रदेशको पूर्वी क्षेत्रमा बस्ने गछवाहा समुदायका पुरुषहरु वर्षमा पाँच महिनासम्म रुखको खोटो निकाल्ने काम गर्दछन् । सोही क्रममा आफ्ना पतिहरु रुखको खोटो निकाल्न गएका महिलाहरु विधुवा जस्तो पहिरन र रीतिरिवाज अपनाउँछन् । उनीहरुले सिन्दूर लगाउँदैनन्, टिकी लगाउँदैनन् र कुनै पनि श्रृंगार गर्दैनन् । साथै उनीहरु निकै दु:खी र निरास देखिन्छन् ।

गछवाहा समुदायमा तरकुलहा देवीलाई कुलदेवीको रुपमा पूजा गरिन्छ । पति रुखको खोटो निकाल्ने काममा गएको बेलामा उनीहरुका पत्नीहरुले आफ्ना सबै श्रृंगारहरुलाई देवीको मन्दिरमा राख्दछन् ।

वास्तवमा जुन रुखबाट खोटो निकालिन्छ ती रुखहरु निकै अग्लो हुन्छन् र थोरैमात्र पनि असावधानी र गल्तीले कामदारको ज्यानै जान सक्दछ । त्यसैले महिलाहरु काममा गएको आफ्नो पति कुनै दुर्घटनामा नपरोस् भन्ने कामनाका साथ कुलदेवीसँग पतिको दीर्घायूको कामना गर्दै मन्दिमा आफ्ना गरगहना र सिंगारपटारका सामान राख्दछन् ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?