+
+

यस्तो थियो मोतीराम भट्टको अक्षर

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ भदौ २२ गते १८:१२

तीस वर्षको उमेरमै निधन भएका मोतिराम भट्टबारे (१९२३-१९५३) धेरै कुरा अप्राप्य छ । उनलाई नेपाल सरकारले राष्ट्रिय विभूतिसमेत घोषणा गरेको छ ।

कुशे औंसीमा जन्मेका भट्टको यही दिन निधन भएको संयोग पनि नेपाली साहित्यमा चर्चित छ ।  नरेन्द्रराज प्रसाईंको जीवनी–लेखअनुसार मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरे । छ वर्ष भएपछि उनी अध्ययनका लागि काशी पुगे । त्यसैले मोतीराम भट्टको शिक्षाको जग काशीमा नै बस्यो । त्यहाँ उनी फारसी स्कूलमा भर्ना भएर फारसी र उर्दू सिके ।

किशोरकालमा नै मोतीरामले फारसी, उर्दूका अतिरिक्त संस्कृत, हिन्दी, अंग्रेजी भाषामा पनि दक्ष हुन थाले । बनारसमा यिनले अंग्रेजी भाषा–साहित्यको अध्ययन गरेका थिए । यो कुरा उनको एक हस्तलिखित अटोग्राफबाट थाहा पाइन्छ ।

वि.सं १९४५ ताका उनले लेखेको एक अटोग्राफबाट उनी अंग्रेजी र सुन्दर हस्तलेखनमा पनि पोख्त भएको थाहा हुन्छ । आफूले बनारसमा खरिद गरेको एक अंग्रेजी भाषाको पुस्तकमा उनले लेखेको हस्तलिखत निकै बान्की परेको देखिन्छ ।

‘पाण्डुलिपि’ साहित्यिक मासिकको अंक ४ मा भट्टको उक्त अटोग्राफ प्रकाशित गरिएको छ ।

अहिले ‘क्यालिग्राफी’ (अक्षर लेख्ने कला) भनिने कलामा उनी निकै पोख्त देखिन्छन् । उक्त अंग्रेजी पुस्तकको सुरुकै पानामा उनले ‘दिस बुक बिलङ्स टु मोतीराम भट्ट, काठमाण्डु, नेपाल’ लेखेका छन् । यो लेख्दा भट्टको उमेर २२ वर्षको भएकाले उनले निकै कम उमेरमा विश्व साहित्य अध्ययन गरिसकेको प्रमाणित हुन्छ  ।

मोतीरामले आफ्नो पुस्तकमा लेखेको अटोग्राफ । तस्वीर स्रोत : पाण्डुलिपि मासिक ।

यही पुस्तकको भित्री पृष्ठमा ठेगानाको रुपमा रामघाट बनारस सहर भनेर लेखेका छन् । अर्थात् यो लेख्दा उनी बनारस सहरको रामघाटमा बस्ने गर्दथे ।

छोटो समय, अथक योगदान

मोतिराम भट्ट आफ्ना समयकासक्रिय युवा थिए । साहित्य सृजनाका दृष्टिले मात्र नभई सामाजिक कार्यमा पनि उनको सक्रियता उस्तै बाक्लो देखिन्छ । उनले पढ्दै, पुस्तक लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, पुस्तकालय खोल्दै, छापाखानाको स्थापना गर्दै युवाकाल बिताएको पाइन्छ ।

१९४५ ताका नै उनले काठमाडौंको ठहिटीमा मोतिकृष्ण कम्पनी नामको पुस्तकालय खोले । आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर उनलेयो पुस्तकालय खोलेका थिए ।

उनका मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपिको खोजी गरी भट्टले नै वि.सं. १९४१ मा प्रकाशन गरेका थिए ।

केही साहित्यकार नेपाली साहित्यजगतमा पहिलो जीवनी लेखक मोतीरामलाई नै मान्छन् । १९४८ सालमा भट्टले भानुभक्त आचार्यको जीवनीको पुस्तक लेखेका थिए । यस्तै नेपाली साहित्यका प्रथम समालोचकको पगरी पनि मोतीराम भट्टलाई नै जान्छ । उनले सर्वप्रथम भानुभक्तका रचनाको समालोचना गरी नेपाली साहित्यमा समालोचना विधाको आरम्भ गरेका थिए । ‘भानुभक्तको जीवनचरित्र’मा उनले भानुभक्त आचार्यको जीवनीसहित आचार्यको कवित्वशक्तिको समालोचना पनि गरेको भेटिन्छ ।

भट्टका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’लगायत कृति प्रकाशित छन् ।

लेखकको बारेमा
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?