+
+

ओलीविरुद्ध नाराबाजी गरेपछि युवा संघसँग झडप

आर्यन धिमाल आर्यन धिमाल
२०७८ भदौ २३ गते १८:१७

२३ भदौ, काठमाडौं । बुधबार नेकपा एमालेको युवा संगठन युवा संघ र उन्नत लोकतन्त्र पार्टी तथा स्वतन्त्र राष्ट्रिय अभियानका कार्यकर्ताबीच नयाँ बानेश्वरमा झडप भएको छ ।

उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा गरेको प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि युवा संघका कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन् ।

एमालेले निष्कासनको कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा युवा संघले संसद भवनतर्फ कालो झण्डा र कालो बेलुन उडाएर प्रदर्शन गरेको थियो ।

त्यस्तै उन्नत लोकतन्त्र पार्टीका कार्यकर्ताले एमसीसीको विरोधमा प्रदर्शन गर्दै अघि बढेको थियो । त्यस क्रममा उन्नत लोकतन्त्र पार्टीका कार्यकर्ताले ‘ओली देउवा मुर्दाबाद’को नारा लगाएको अध्यक्ष स्वागत नेपालले बताए । ‘हामीले एमसीसीको समर्थन गर्नेहरु सत्तारुढ र विपक्षी दुबै विरुद्ध नाराबाजी गरेका हौं’ उनले भने ।

आफ्नो माउ पार्टीका अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेको सुनेपछि युवा संघका कार्यकर्ताले उन्नत लोकतन्त्र पार्टीका कार्यकर्तामाथि आक्रमण गरेका थिए । युवा संघका अध्यक्ष किरण पौडेलले एमाले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेको सुनेकाले युवा संघका केही कार्यकर्ताले उनीहरुलाई लखेटेको बताए ।

‘हामी हाम्रो विरोधका कार्यक्रम सकेर फर्किसकेका थियौं, हाम्रो अध्यक्षको नाम लिएर नाराबाजी भएको सुनेपछि साथीहरुले लखेट्नुभएको हो, त्यही क्रममा झडप भएको हो’ उनले भने । झडपका क्रममा १५ भन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?