+
+

अब काठमाडौं-दिल्ली सातामा १० उडान, अन्य विदेशी गन्तव्यमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १५:०६

२४ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने भएको छ । यसमध्ये नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ । भारतीय ध्वजाबाहक एयर इण्डियाले भने यस रुटमा साताको तीन (आइतबार, मंगलबार र शुक्रबार) उडान गर्ने गरी अनुमति पाएको छ ।

यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले हरेक दिन दुई उडान गर्ने गरी अनुमति पाएको छ । एयर अरेवियाकै जहाज आबुधाबीबाट समेत हरेक दिन काठमाडौं आउन पाउने गरी अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिकामा उल्लेख छ । फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडानसहित काठमाडौं आउने छ ।

हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको ६ उडान (सोमबारबाहेक) गर्नेछ । दुबई विमानस्थलमा हिमालयको जहाजले शुक्रबारबाहेक साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालयको जहाजले सातामा कुल ७ उडान गर्ने गरी अनुमति पाएको छ ।

जजिरा एयरवेज कुवेतबाट हरेक दिन एक उडान लिएर काठमाडौं आउने छ । कोरियन एयरको जहाज दक्षिण कोरियाबाट हरेक बुधबार काठमाडौं आउने गरी अनुमति पाएको छ । मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताको चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान गर्नेछ । मलेसिया एयरलाइन्सको जहाज हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं आउने भएको छ ।

नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ । दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामार चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्नेछ । मलेसियाको क्वालालाम्पुर विमानस्थलमा समेत नेपाल एयरलाइन्सले सातामा चार (आइतबार, मंगलबार, बिहीबार र शुक्रबार) उडान गर्न अनुमति पाएको छ । जापानको नारितामा नेपाल एयरलाइन्सको जहाज हरेक बिहीबार जाने छ । हङकङ विमानस्थलमा हरेक मंगलबार नेपाल एयरलाइन्सको उडान हुने छ ।

कतार एयरवेजले कतारको हमाद इन्टरनेसनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयरको जहाज मस्कट विमानस्थलबाट साताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) काठमाडौं आउने छ । टर्कीस एयरले सोमबार, बिहीबार र शनिबार काठमाडौंमा उडान गर्नेछ । सिंगापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलंकन एयरलाइन्सले मंगलबार र शनिबार गरि सातामा दुई उडान गर्न अनुमति पाएको छ । प्राधिकरणले सार्वजनिक गरेको यो तालिका ३० सेप्टेम्बरसम्म लागु हुने छ ।

हेर्नुहोस् तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?