+

राष्ट्रिय पुरुष फुटबल टिमको बिदाइ

२०७८ भदौ  २४ गते १७:०७ २०७८ भदौ २४ गते १७:०७
राष्ट्रिय पुरुष फुटबल टिमको बिदाइ

२४ भदौ, काठमाडौं। साफ च्याम्पियनसिपको थप तयारीमा लागि कतार जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार नेपाली टोलीलाई बिदाई गरेको हो।

युवा तथा खेफकुद मन्त्रालयका सचिव केदार न्यौपानेले टोलीलाई बिदाइ गरे । नेपाली टोली शुक्रबार कतार प्रस्थान गर्दैछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरी यसअघि नै कतार पुगिसकेका छन् ।

नेपालले कतारमा दुई साता प्रशिक्षण गर्नेछ । त्यसपछि सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछ । साफ अक्टोबर १-१६ सम्म हुनेछ ।

राष्ट्रिय पुरुष फुटबल साफ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय