+
+

राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा … [ फोटो फिचर ]

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ भदौ २४ गते २१:०९

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको साढे तीन दशक भयो । तर दशरथ रंगशालामा अन्तर्राष्ट्रिय म्याच खेल्ने अवसर राष्ट्रिय महिला फुटबल टिमले पाएको थिएन ।

बिहीबार हरितालिका तिजको दिन त्यो अवसर जुरेको छ । एएफसी महिला एसियन कप २०२२ को छनोटमा तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रिपूर्ण म्याच खेलेको छ, जुन घरेलु टोलीले २-१ ले जितेको छ ।

राष्ट्रिय महिला फुटबल टिमले दशरथ रंगशालामा खेल्दै धेरैले मुख्य स्ट्राइकर सावित्रा भण्डारी अर्थात गोल मेसिन (साम्बा)लाई मिस गरे ।

तर साम्बा बिना पनि दुई डेब्युटान्ट खेलाडी सबिना राना मगर र प्रिती राईको डेब्यु गोलमा नेपालले बंगलादेश विरुद्धको अपराजित यात्रालाई निरन्तरता दियो ।

अहिलेसम्म बंगलादेशसँग नेपालले ७ खेल खेल्दा यो छैटौं जित हो । एक खेल भने बराबरीमा सकिएको थियो । सबिता र प्रितिसँगै सिर्जना सिंह र रश्मि कुमारी घिसिङले पनि डेब्यु गरे ।

दशरथ रंगशालामा दर्शकलाई पनि प्रवेश दिइएको थियो । तर केही दिनअघि भारत विरुद्ध पुरुष टिमले खेल्दा झै दर्शक थिएनन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?