+
+

मेसीकाे ह्याट्रिकमा अर्जेन्टिनाकाे जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते ८:५७

२५ भदौ, काठमाडौं । कप्तान लिओनल मेसीले ह्याट्रिक अर्जेन्टिनाले विश्वकप फुटबलकाे  दक्षिण अमेरिकी छनोटमा बाेलिभियालाई पराजित गरेकाे छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-०ले हराएकाे हो ।

खेलकाे १४ औं मिनेटमै गाेल गर्दै अग्रता दिलाएका मेसीले दाेस्राे हाफमा दुई गाेल गरे । उनले ६४ अाैं मिनेटमा दाेस्राे गाेल गरेका थिए भने ८८ अाैं मिनेटमा तस्राे गाेल गर्दै ह्याट्रिक पूरा गरे ।

मेसी ह्याट्रिकपछि दक्षिण अमेरिकी महादेशबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गाेल गर्ने खेलाडी बने । त्यसका लागि उनले ब्राजिलका पेलेलाई पछि पारे । मेसीले अर्जेन्टिनाका लागि ७९ गाेल गरेका छन् ।पेलेले ब्राजिलका लागि ७७ गाेल गरेका छन् ।

जितपछि छनाेटमा अर्जेन्टिना ८  खेलमा १८ अंकसहित दाेस्राे स्थानमै छ । बोलिभिया ९ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।

यस्तै अन्य खेलमा उरुग्वेले ईक्वेडरलाई १-० ले पराजित गरेकाे छ । काेलम्बियाले चिलीलाई ३-१ ले तथा पाराग्वेले भेनेजुएलालाई २-१ ले हराएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?