+
+

पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १४:२४
फाइल तस्वीर

२५ भदौ, काठमाडौं । पशुपतिनाथ मन्दिर शुक्रबारबाट भक्तजनहरुका लागि खुला गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण चार महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर बिहान ६ बजेबाट भक्तजनहरुका लागि खुला गरिएको हो ।

पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरु पनि खुला भएका छन् । मन्दिरमा दर्शन गर्न जानेहरुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख १० गतेबाट भक्तजनहरुका लागि बन्द गरिएको मन्दिरमा पुजारीहरुले दैनिक नित्य पूजा मात्रै गर्दै आएका थिए । कोरोना महामारीको जोखिमका कारण लामो समय बन्द गरिएको पशुपतिनाथको मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?