+
+

व्यवसायी रुक्म शमशेर राणाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते ८:२६

२६ भदौ, काठमाडौं । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रवन्धक निर्देशकसमेत बनेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।

उनैले बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्राएका थिए ।

उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।

सन् १९३६ मा जन्मिएका उनी नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा हुन् । उनी मिर्गौला, सुगर र प्रेसर सम्बन्धी समस्याबाट पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?