+
+

बार्यनको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते ८:१२

काठमाडौं । साविक विजेता बार्यन म्युनिखले जर्मन बुण्डेसलिगामा आरबी लाइपजिगमाथि सहज जित हात पारेको छ ।  शनिबार राति भएको खेलमा बार्यनले लाइपजिगलाई उसैको मैदानमा ४-१  ले पराजित गरेको हो ।

खेलको १२औं मिनेटमै रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाट गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बार्यनले दोस्रो हाफमा तीन गोल थप्दा लाइपजिगले एक गोल फर्कायो ।

४७ औं मिनेटमा जमल मुसिआलाले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारे भने ५४ औं मिनेटमा लरेय सानेले गोल गरेपछि बार्यनले ३-० को अग्रता बनायो ।

५८ औं मिनेटमा लाइपजिगका कोर्नार्ड लिमेरले गोल गर्दै गोलअन्तर घटाउने प्रयास गरेका थिए । इन्जुरी  टाइममा एरिक म्याक्सिम चोपो मोटिङले गोल गरेपछि बार्यनले सहज जित हात पारेको हो ।

तेस्रो जितपछि ४ खेलमा १० अंक जोडेको बार्यन अंकतालिकामा दोस्रो स्थानमा उक्लेको  छ । समान खेलबाट शतप्रतिशत जितसहित १२ अंक जोडेको वल्फ्सवर्ग शीर्ष स्थानमा छ ।

लाइपजिग ३ अंकसहित १३ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?