+
+

प्रचण्डको चिन्ता : माओले जस्तै मैले पनि एक्लो छु भन्नुपर्ने हो कि !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १७:१२
फाइल तस्वीर

२७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहीं माओले झैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाएका छन् ।

आइतबार माओवादी नेता परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले माओले पार्टीमा आफू एक्लो महसुस गरेको सम्झिए ।

‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै पार्टीभित्र माओले म एक्लो छु भन्ने के फिल गरेछन्,’ उनले भने, ‘कहिलेकाहीं मलाई पनि शायद एक दुई वर्षपछि म पनि एक्लो हुने हो कि ? माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो चित्र दिमागमा आउँछ ।’

केपी ओलीप्रति संकेत गर्दै प्रचण्डले पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन इतिहासको सही समीक्षा गरेर अघि बढनुपर्ने  बताए । आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढ्न चाहेको पनि उनले दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?