+
+

उपकप्तान दीपेन्द्रले लिग-२ सिरिज गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १८:२७

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ओमानमा सोमबारदेखि सुरु हुने आईसीसी क्रिकेट विश्वकप लिग २ गुमाउने भएका छन् ।

ओमान, नेपाल र अमेरिका सहभागी त्रिकोणात्मक सिरिज सुरु हुने अघिल्लो दिन दीपेन्द्र खेल्न नसक्ने पक्का भएपछि नेपाललाई झट्का लागेको छ ।

उनले यसअघि चोटकै कारण पपुवा न्युगिनी विरुद्धको दुवै ओडीआई म्याच खेलेका थिएनन् । उनको दायाँ खुट्टाको गोलीगाँठोमा समस्या देखिएको र लिग २ को खेल गुमाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । दीपेन्द्रले दुई साता  आराम गर्नुपर्ने क्यानले जनाएको छ ।

नेपाली टिमका मुख्य ब्याट्सम्या दीपेन्द्रले पार्टटाइम स्पिन बलिङ समेत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?