+

एट्लेटिको मड्रिड र भ्यालेन्सियाको तेस्रो जित

२०७८ भदौ  २८ गते ८:१८ २०७८ भदौ २८ गते ८:१८
एट्लेटिको मड्रिड र भ्यालेन्सियाको तेस्रो जित

२८ भदौ, काठमाडौं । साविक विजेता एटणलेटिको मड्रिड र भ्यालेन्सियाले स्पानिस ला लिगामा सिजनको तेस्रो जित हात पारेका छन् ।

गएराती भएको खेलमा भ्यालेन्सियाले ओसासुनालाई ४-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेकाे छ । त्यसअघि एट्लेटिकोले स्पानयोलाई २-१ ले पराजित गरेको थियो ।

दुवै टिमले समान १० अंक जोडे पनि गोल अन्तरमा भ्यालेन्सिया अघि छ ।

भ्यालेन्सियाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै ओसासुनामाथि पुनरागमन जित हासिल गरेकाे हो ।

जोल मोनसायलोलेआठौं मिनेटमै गोल गर्दै घरेलु टोली ओसासुनालाई पहिले अग्रता दिलाएका थिए । तर म्याक्सिमिलयानो गोमेजले २६औं मिनेटमा भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए ।

५०औं मिनेटमा एरिडाने हर्नान्डेजले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले २-१ को अग्रता बनायो । त्यसपछि गोन्जालो गुएडेजले ५५औं र ओमार एलडेरेटेले गोल गरेपछि भ्यालेन्सिया सहजै विजयी भयो ।
त्यसअघि एट्लेटिकोले पनि पुनरागमन जित हात पार्ने क्रममा यानिक कारास्को र थोमस लेमारले दोस्रो हाफमा गोल गरे । लेमनरले इन्जुरी टाइमको नवौं मिनेटमा विजयी गोल गरेका थिए ।

त्यसअघि ४०औं मिनेटमा राहुल डे टनेमसले गोल गर्दै घरेलु टोली स्पानयोललाई अग्रता दिलाए पनि कारास्कोले ७९औं मिनेटमा बराबरी गोल गरेका थिए।

एट्लेटिको मड्रिड भ्यालेन्सिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय