+
+
Shares

फ्लोरेन्टिनो पेरेजले बार्सिलोनालाई प्रभावित पारिरहेका छन् : टेबास

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १३:३५

२८ भदौ, काठमाडौं । ला लिगाका अध्यक्ष जाभियर टेबासले बार्सिलोना चिरप्रतिद्वन्द्वी क्लब रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको प्रभावमा आएको बताएका छन् ।

बार्सिलोनाको पछिल्ला निर्णयमा पेरेज हाबी भएको उनको दाबी छ । टेबासका अनुसार बार्सिलोना ला लिगाको सीभीसी सम्झौतामा हस्ताक्षर गर्न तयार थियो । तर जब पेरेजले सम्झौता नगर्न सुझाए, बार्सिलोना पछि हट्यो ।

‘बार्सिलोना फ्लोरेन्टिनो परेजको बन्धनमा परेको छ’, एक अन्तर्वार्तामा टेबासले भने, ‘बार्सिलोना रियल मड्रिडले अस्वीकार गनुअघि करिब एक महिनासँग सीभीसी सम्झौतामा सहमत थियो । फ्लोरेन्टिनो पेरेजको कारण क्लबमा एक किसिमको हिन भावना विकास भयो ।’

टेबासले लियोनेल मेस्सीले बार्सिलोना छाडेको विषयमा पनि मुख खोलेका छन् । ‘म ढुक्कसँग के भन्न सक्छु भने लिओनल मेस्सीले बार्सिलोना छोड्नुमा आर्थिक कारण थिएन र यो अवस्थालाई रोक्न सकिन्थ्यो’, उनले भने, ‘सायद मेस्सीको बहिर्गमन मेरा लागि सबैभन्दा गाह्रो थियो किनकी मलाई उनी इतिहासकै उत्कृष्ट खेलाडी हुन् भन्ने लाग्छ ।’

उनले अघि भनेका छन्, ‘उनी यस किसिमको बिदाइको हकदार थिएनन् । उनले बार्सिलोना मात्र होइन, ला लिगा पनि छाडेका थिए ।’

एजेन्सीहरुको सहयोगमा

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?