+
+

‘रामोसलाई भित्र्याउनु पीएसजीको गलत निर्णय थियो’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १५:४७

२९ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका सर्जियो रामोसले अझै क्लबका लागि डेब्यू गर्न पाएका छैनन् ।

तर उनले एक खेल पनि नखेल्दै आलोचना हुन थालेको छ । चोटको कारणे सेप्टेम्बर २२ भन्दा अघि क्लबको लागि खेल्न नसक्ने भएपछि रोमसलाई अनुबन्ध गर्ने पीसीजीको निर्णयको आलोचना भएको हो ।

पीएसजीका पूर्व खेलाडी जोरोम रोथेनले अहिले रामोसान देखिएको चोट पूर्णरुपमा ठिक नहुने बताएका छन् । करियरको अन्तिम अवस्थातर्फ अघि बढिरहेका रामोसको लागि यस्तो चोट देखिनु राम्रो समाचार नरहेको उनको तर्क छ ।

‘खेलको क्रममा होस् वा अभ्यासमा एकपटक खेलाडीले राम्रो लय समाउँछ, उसले त्यसलाई निरन्तरता दिन नसक्ने पनि हुनसक्छ । साथै कुनै उमेरमा पुगेपछि उसलाई आफ्नो फर्ममा फिर्ता आउन धेरै खेलहरु खेल्नुपर्छ’, रोथेनले भने, ‘उनको मांशपेशीमा निरन्तरको दुखाइ भयो भने उनी फेरि शीर्ष स्थानमा आउन सक्छन् ? मलाई यसमा आशंका छ ।’

रोथेनका अनुसार अहिले पनि पीएसजीको ड्रेसिङ रुपमा मार्किन्होस र प्रेसनेल किम्पेम्बेको प्रभाव धेरै छ । ‘सबैले सर्जियो रामोस आएपछि ड्रेसिङ रुमको मानसिकतामा पनि परिवर्तन आउने बताएका थिए । तर अहिले प्रभावको हिसाबमा माकिन्होस र किम्पेम्बे नै रामोसभन्दा अगाडि छन्’, उनले भने ।

रामोसको प्रेरित गर्ने किसिमको क्षमता अहिलेको अवस्थामा पर्याप्त नरहेको उनले सुनाए । त्यसका लागि उनले मैदानमा आफ्नो क्षमता देखाउनु पर्ने रोथेनको मत छ । ‘उनले यसो गर्न सक्दैनन् भने उनी हुनुको केही अर्थ छैन । त्यसैले मलाई रामोसलाई भित्र्याउनु पीएसजीको गलत निर्णय हो जस्तो लाग्छ’, उनले थपे ।

एजेन्सीहरुको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?