+
+

सभामुखप्रति हाम्रो आशंका कायमै छ : सुवास नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १६:५१
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायमै रहेको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएकाले सहभागी नभएको उनले बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले भने, ‘हामीसँग भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आऊ बैठकमा भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईंहरु पुछ्नुस् ।’

सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको उनको टिप्पणी छ । प्रतिपक्षलाई राज्यको अभिन्न अंग मानेर अगाडि बढ्नुपर्ने नेम्वाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment