+
+

मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १८:०३

२९ भदौ, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर गोदावारी नगरपालिका-१० ताखेल बस्ने २४ वर्षीय विजय तामाङ्ग र सोही गाउँपालिका ११ चारघरे बस्‍ने २६ वर्षीय रविन्द्र तामाङ रहेका छन् ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३-०२-०१२ प ७१९० नम्वरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गोदावरी न.पा. वडा नं. १० चापागाँउबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२- ०१२ प ७९९७ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल काठमाण्डौ, किर्तिपुर नगरपालिका वडा नं ३ समलबाट हराएको हुँदा खोजतलास गरी पाउँ भनी काठमाण्डौ कीर्तिपुर नगरपालिका-६ बस्ने प्रजोल महर्जनले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?