
२१ वैशाख, काठमाडौं । कपिलवस्तुका अतावरी कोरी हत्याका दोषीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुकै शिवराज नगरपालिका–६ का ६१ वर्षीय सुकुई पासी छन् । उनलाई उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो । पासीले २ भदौ २०५४ मा सोही ठाउँका कोरीको हत्या गरेका थिए ।
हत्या आरोपमा कपिलवस्तु जिल्ला अदालतले उनलाई १७ असार २०५९ मा जन्मकैदको फैसला सुनाएको थियो । हत्यापछि लामो समय फरार रहँदै आएका उनलाई शविराज–६ बाट पक्राउ गरिएको कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले बताए ।
उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4