+
+

सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलको नेतामा सोडारी चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १८:५९

२९ भदौ,धनगढी ।नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन् ।

मंगलबार एकीकृत समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको दोस्रो बैठकले उनलाई सर्वसम्मत चयन गरेको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए ।

दलको नेताका लागि आन्तरिक मामिला तथा काझनून मन्त्री पूर्णा जोशी र प्रदेशसभा सदस्य तारालामा तामाङ आकांक्षी देखिएपनि नेकपा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहको उपस्थितिमा बसेको बैठकले सोडारीलाई सर्वसम्मत चयन गरेको हो।

बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ भने प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी चयन गरिएका छैनन्। मन्त्री खड्काले अर्को बैठकबाट छनोट हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?