+
+

लहानमा युवती मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १३:०२
प्रतीकात्मक तस्वीर

३० भदौ, जनकपुरधाम । सिरहाको लहानमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैराकी २१ वर्षीया करिश्मा चौधरी लहान नगरपालिका–३ प्रगति टोलस्थित डेरामा मृत फेला परेकी हुन् ।

कोठाको चुकुलभित्रबाट लगाएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

बिहानैदेखि रातिसम्म बाहिर ननिस्किँदा घरधनीले खोजबिन गरेका थिए । त्यस क्रममा उनको ढोका तोडेर हेर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन् ।

घटनाका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

घटना आत्महत्या वा हत्या के हो भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा बाहिर आउने डीएसपी बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?