
३० भदौ, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बुधबारदेखि जनकपुरधाममा शुरु भएको छ ।
पार्टी अध्यक्ष डा. राउतको अध्यक्षतामा बसेको बैठकमा संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धमा छलफल भइरहेको पार्टीका उपमहासचिव वसन्त कुशवाहाले जानकारी दिए ।
उनका अनुसार आउने चुनावलाई लक्षित गरेर रणनीति बनाइने र त्यहीअनुरुप केन्द्रीय सदस्यलाई प्रशिक्षण दिने कार्यक्रम समेत रहेको छ ।
दुई दिनसम्म चल्ने बैठकमा सचिवालयका पदाधिकारी, पार्टीका केन्द्रीय सदस्यहरु, मोर्चाका प्रमुखहरुसहित २ सयभन्दा बढीको सहभागिता रहेको उपमहासचिव कुशवाहाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4