+
+
Shares

माधव नेपालबाट एमाले कार्यकर्तामाथि धोका भयो : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १९:२७

३० भदौ, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले माधवकुमार नेपालले विपक्षीहरुसँग गठबन्धन गरेर एमाले कार्यकर्ताहरूलाई धोका दिएको आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालले एमालेविरुद्ध घेराबन्दी गरेको उनको आरोप छ ।

नेकपा एमाले जिल्ला कमिटी गुल्मीले बुधबार सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले प्रवक्ता समेत रहेका ज्ञवालीले अहिलेको घेराबन्दी अस्थायी भएकाले सूर्य उदाएसँगै गठबन्धनको कुहिरो हराएर जाने टिप्पणी गरे । एमालेले देशलाई एकढिक्का बनाएर लैजान खोजे पनि पाँच दल मिलेर असफल बनाउने प्रयास गरेको उनको आरोप छ ।

पार्टीभित्र अन्तरविरोध जहिले पनि हुने तर अन्तरविरोध र विभाजन अलग विषय भएको उनको तर्क छ । माधव नेपालले दर्ता गरेको नयाँ दल सांगठनिक हिसाबले पनि गलत रहेको ज्ञवालीले दाबी गरे ।

पार्टी विभाजन अघि फरक–फरक धारमा रहेका एमालेका सचिवद्वय ज्ञवाली र गोकर्ण विष्टले गुल्मीमा एउटै मञ्चबाट सम्बोधन गरेर पार्टीमा कुनै समस्या नरहेको बताएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?