+
+

पिक आवरमै खेर जान थाल्यो बिजुली

नेपाल विद्युत प्राधिकरणले भारतमा किन्न पायो, बेच्ने अनुमति पाएन

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ भदौ ३० गते २०:१०

३० भदौ, काठमाडौं । नेपाल, भारत र बंगलादेशबीच पछिल्ला दिनमा ऊर्जा सम्बन्धी छलफल बाक्लिएका छन् । गत हप्ता नेपाल विद्युत प्राधिकरणको टोली भारत पुगेर फर्कियो । लगत्तै सोमबार र मंगलबार बंगलादेशसँग ऊर्जा सचिवस्तरीय बैठक भयो ।

नेपाल–भारत ऊर्जासम्बद्ध संयन्त्रबीच पनि अनौपचारिक सम्वाद चलिरहेको छ । ठूलो मात्रामा बिजुली खेर (इनर्जी स्पिल) जान थालेपछि नेपाल सरकार अन्तर्राष्ट्रिय बजारमा बिजुली बेच्न हतारिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाउन सकस परिरहँदा खेर जाने बिजुलीको ग्राफ उकालो लाग्दैछ ।

नेपालमा वर्षायाममा सबैभन्दा बढी बिजुली माग हुने साँझको समय (पिक आवर)को माग समेत स्वदेशी उत्पादनले नै धान्न थालेको छ । प्राधिकरणको तथ्यांकअनुसार अहिले बेलुकी करिब १ हजार ४४१ मेगावाट बिजुली खपत भइरहेको छ । यसमध्ये ५०९ मेगावाट प्राधिकरणका आयोजनाहरुबाट र ३८८ मेगावाट प्राधिकरणकै सहायक कम्पनी चिलिमे र माथिल्लो तामाकोशीबाट पूर्ति हुँँदैछ ।

पिक आवरमा निजी प्रवद्र्धकहरुको आयोजनाबाट पनि ५०८ मेगावाट बिजुली प्रणालीमा आउँछ । बेलुकी पिक आवरमा भारतबाट हुने आयात अहिले १६ मेगावाट मात्र छ ।

यो तथ्यले प्राधिकरणलाई परेको अप्ठेरो पनि देखाउँछ । प्राधिकरणले पिक आवरमा व्यावसायिक उत्पादन नथालेका तामाकोशीका दुई युनिट बन्द गर्ने गरेको छ । पिक आवरमा कतिपय सीमा क्षेत्रमा बाध्यात्मक रुपमा गर्नुपर्ने बाहेकको आयात पनि आवश्यक पर्न छाडेको छ ।

गत वर्षको वर्षायाममा पिक आवर बाहेकका समयमा बिजुलीको माग ह्वात्तै घटेर बिजुली खेर फाल्नुपर्ने अवस्था आएको थियो । तर, यो वर्ष पिक आवरमा समेत सबै बिजुली खपत नभएर प्राधिकरण चरम समस्यामा धकेलिएको छ ।

प्राधिकरणका अनुसार अहिले पिक आवरमै २५० मेगावाट बिजुली खेर गइरहेको छ । दिउँसोको समयमा पनि करिब ३०० मेगावाट र रातको सयममा ४ सय मेगावाटभन्दा बढी बिजुली खेर गइरहेको छ ।

गत वर्षको वर्षायाममा पिक आवर बाहेकका समयमा बिजुलीको माग ह्वात्तै घटेर बिजुली खेर फाल्नुपर्ने अवस्था आएको थियो । तर, यो वर्ष पिक आवरमा समेत सबै बिजुली खपत नभएर प्राधिकरण चरम समस्यामा धकेलिएको छ ।

प्राधिकरणका अनुसार अहिले रातको समयमा सबैभन्दा बढी ४०० देखि ५०० मेगावाटसम्म बिजुली खेर जाँदैछ । वर्षायाममा राति ११ बजेपछि बिहान ६ बजेसम्म उत्पादित बिजुली खेर जान थालेको छ ।

खोला–नदी सङ्लिएर पूर्ण क्षमतामा विद्युत उत्पादन हुने दशैंको बेला अधिकांश कलकारखाना बन्द हुन्छ । त्यो समयमा खेर जाने बिजुलीको मात्रा उच्च विन्दुमा पुग्छ । गत वर्ष दशैंको सयममा राति ३०० मेगावाटसम्म बिजुली खेर फाल्नु परेको थियो ।

हिजोआजै पनि राति प्राधिकरणले आफ्ना आयोजनाहरु बन्द गर्ने गरेको छ । निजी र आप्mनै सहायक कम्पनीहरुका आयोजना बन्द गराउँदा हर्जना तिर्नुपर्ने भएकाले प्राधिकरणले बिजुली खेर फाल्न आफ्नै आयोजना बन्द गर्ने गरेको छ ।

यो वर्ष माथिल्लो तामाकोशी जलविद्युत परियोजनाको ४५६ मेगावाट बिजुली प्रणालीमा थपिएको छ । अन्य केही साना आयोजनाले पनि उत्पादन थालेका छन् । तामाकोशीका केही युनिटले व्यवसायिक उत्पादन शुरु गरेकाले हर्जना तिर्ने गरी यो आयोजना बन्द गर्न सकिने अवस्था छैन ।

प्राधिकरणका एक अधिकारी बाढीपहिरोका कारण निजी प्रवर्द्धनहरुले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले अहिले राति धेरै विद्युत खेर फाल्नु नपरेको बताउँछन् । उनका अनुसार अब वर्षे भेल रोकिएर खोला–नदी सामान्य भएपछि केही समय त आधा बिजुली फाल्ने अवस्था आउँछ ।

निजी प्रवद्र्धकहरुको बिजुली प्राधिकरणले आफ्नो कारणले नलिए क्षतिपूर्ति तिर्ने गरी विद्युत खरिद सम्झौता गरेको हुन्छ । त्यसैले बिजुली खेर फाल्नुपर्दा प्राधिकरणले कालीगण्डकी लगायत आफ्नै ठूला परियोजना ‘सटडाउन’ गर्छ । त्यसले प्राधिकरणलाई वित्तीय क्षति पुर्‍याउनुका साथै सम्भावित लाभ पनि गुमाउँछ ।माथिल्लो तामाकोशी आएपछि नेपालको जलविद्युत आयोजनाको जडित क्षमता करिब १८ सय मेगावाट नाघेको छ । अब मंसिरसम्म खोला–नदीहरुमा पर्याप्त पानी हुने भएकाले सबैजसो आयोजना चौबीसै घण्टा पूर्ण क्षमतामा चल्न सक्छन् । यसले गर्दा अब कि करोडौं मूल्यको बिजुली खेर फाल्ने वा देश बाहिर निर्यात गर्ने दुई विकल्प प्राधिकरणसँग छ ।

रातारात देशभित्रै उच्च दरमा विद्युत खपत बढाउन सकिने अवस्था छैन । अहिले राति ९०० देखि एक हजार मेगावाटसम्म मात्र आन्तरिक माग छ ।

नेपालमा कुलेखानी जलाशययुक्त आयोजनाबाहेक अरु आयोजना प्रायः ‘रन अफ दि रिभर’ प्रणालीमा बनेका छन् । केही अर्धजलाशययुक्त आयोजनामा पनि वर्षायाममा राति पानी भण्डारण हुँदैन । त्यसैले ‘रियल टाइम’मै उत्पादन गरेर खपत वा निर्यात गर्नुपर्ने बाध्यतामा प्राधिकरण छ ।

बिजुली बजारमा तगारो

प्राधिकरणले खेर जाने बिजुली भारत पठाउन सक्ने अवस्था पनि छैन । बंगलादेश र भारतका दुवै सम्भाव्य बजारमा बिजुली बिक्रीको लागि अनुमति लिने प्रक्रिया पूरा भएको छैन ।

प्रसारणलाइन प्रयोगबारे भारतसँग सहमति भए बंगलादेशमा २०० मेगावाट बिजुली तत्कालै पठाउन सकिने अवस्था छ । बंगलादेशले सोमबार र मंगलबारको ऊर्जा सचिवस्तरीय बैठकमा नेपालबाट बिजुली लैजाने इच्छा देखाए पनि भारतको सहमतिविना त्यो सम्भव हुँदैन ।

प्रसारणलाइन प्रयोगबारे भारतसँग सहमति भए बंगलादेशमा २०० मेगावाट बिजुली तत्कालै पठाउन सकिने अवस्था छ । बंगलादेशले सोमबार र मंगलबारको ऊर्जा सचिवस्तरीय बैठकमा नेपालबाट बिजुली लैजाने इच्छा देखाए पनि भारतको सहमतिविना त्यो सम्भव हुँदैन ।

भारतले यसबारे छलफल गर्न दुई वर्षअघि तीन देशका ऊर्जा सचिवस्तरको बैठक बोलाउने जिम्मा लिए पनि अहिलेसम्म चासो दिएको छैन । आफैं नेपालको बिजुली किन्ने निर्णय पनि नलिएको भारतले नेपालको बिजुलीलाई आफ्नो ऊर्जा बजारमा प्रवेश दिन ढिलाइ गरेपछि त्यसको मार र भार नेपाल विद्युत प्राधिकरणले भोग्नुपर्ने अवस्था आएको छ ।

बिजुली खेर गएर सम्भावित ठूलो आम्दानी गुम्ने अवस्था आएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली गत हप्ता भारतका विभिन्न ऊर्जासम्बद्ध निकाय पुगेको थियो । टोलीले भारत सरकारका ऊर्जा सम्बद्ध अधिकारीहरुलाई भेटेर लामो व्यावसायिक सम्बन्धका आधारमा विद्युत व्यापारको ढोका खोलिदिन आग्रह गरेको थियो ।

भारतको विद्युत मन्त्रालय, केन्द्रीय विद्युत प्राधिकरण, बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेड र नेपालसँग विद्युत व्यापार गरिरहेका एनभीभीएन विद्युत व्यापार कम्पनी लगायत निकायका प्रमुखहरुसँग छलफल गरेर फर्किएको प्राधिकरणको टोलीले शुभ समाचार भने ल्याएको छैन ।

कार्यकारी निर्देशक घिसिङ भारतीय अधिकारीहरुसँगको छलफल फलदायी हुने आशामा छन् । बिहारमा आवश्यक बिजुली लैजान र भारतको पावर एक्सचेन्ज मार्केट (प्रतिस्पर्धी बजार)मा बिक्रीका लागि छिटो अनुमति दिन आग्रह गरेको उनले बताए ।

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज बजारमा बिजुली बिक्री गर्न आवश्यक कागजातसहित अनुमति मागेको ६ महिनाभन्दा बढी भइसकेको छ । प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी र ४५ मेगावाटको भोटेकोशी आयोजनाको विद्युत वर्षायाममा भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल सरकारले विद्युत प्राधिकरणलाई बोलकबोलमा बिजुली बिक्री हुने भारतको ‘डे–अहेड’ र ‘टर्म–अहेड’ मार्केटमा बेच्न पूर्वस्वीकृति दिइसकेको छ । भारतले पनि नेपालको बिजुली किन्न सक्ने प्रक्रिया तय गरेर ‘कन्डक्ट अफ बिजनेस रुल’ (सीआरबी) गत फेब्रुअरीमा जारी गरेको थियो । तर, अनुमति दिन ढिलाइ गर्दा वर्षायाममा नेपालमा उत्पादित बिजुली खेर गएर करोडौं गुम्ने अवस्था आएको छ ।

नेपाल विद्युत प्राधिकरणलाई भारतले आफ्नो एक्सचेञ्ज बजारबाट बिजुली विद्युत खरिद र आयात गर्ने अनुमति गत वैशाख १ गते दिएको थियो । त्यसअनुसार प्राधिकरणले आवश्यक परेको बेला प्रतिस्पर्धी दरमा बिजुली किन्न थालिसक्दा समेत सोही बजारमा लगेर नेपालको बिजुली बेच्न भने भारतले अनुमति दिएको छैन ।

प्राधिकरणले आफ्नो जोडलबलले बिहारमा थोरै मात्रामा भएपनि बिजुली निर्यात गरिरहेको छ । तर, उत्पादनको हिसावले त्यो मात्र अब नगण्य हुन पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसङले बिहारसँग वर्षामा बिजुली लगेर हिउादमा फर्काउने गरी छुट्टै सहमति गर्न प्रस्ताव गरेका छन् । तर, विहारले त्यसको औपचारिक जवाफ दिएको छैन ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?