+
+

परराष्ट्रमन्त्रीको साइडलाइन बैठकबारे नेपालले खबर गरेको छैन : भारत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते २०:५२

३१ भदौ, काठमाडौं । भारतले हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा हुने सार्क मुलुकका परराष्ट्रमन्त्रीहरुको बैठकबारे अध्यक्ष मुलुक नेपालले अहिलेसम्म खबर नगरेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरविन्द वाग्छीले यस पटक वैठक हुने र नहुने विषयमा नेपालले ठोस रुपमा केही नभएको बताए ।

सन् २०१४ देखि नेपाल सार्क अध्यक्ष रहेदेखि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरुको बीचमा साइडलाइन वार्ता हुँदै आइरहेको थियो । तर सन् २०२० मा सो वैठक भर्चुअल माध्यमबाट भएको थियो । यस वर्ष पनि भर्चुअल र भौतिक दुवै रुपमा भइरहेको छ ।

भारत लगायतका केही देशका मन्त्रीहरु सहभागी हुन न्यूयोर्क नै पुगेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘भयो भने हामी सहभागी हुन्छौं तर यसपटक बन्दोवस्तीका केही समस्याहरु रहेका छन् । सबै परराष्ट्रमन्त्री भौतिक रुपमा उपस्थित हुन्छन् वा हुँदैनन्, हाइव्रिड हुन्छ कि हुँदैन लगायतका समस्याहरु रहेका छन् ।’

तर राष्ट्रसंघ महासभामा नेपालको सहभागिताबारे सरकारले अहिलेसम्म केही निर्णय गरेको छैन । अहिलेसम्म परराष्ट्रमन्त्री समेत नियुक्त हुन सकेको छैन ।

यस पटक अफगानिस्तान अर्काे चुनौतीको रुपमा पनि आएको छ । अफगानिस्तानमा भर्खर तालिबान सत्तामा आएको छ ।

यदि भर्चुअल माध्यमले नै वैठक हुने भयो भने पनि अफगानिस्तानलाई सहभागी गराउने वा नगराउने भन्ने विषयमा अन्योल नै छ । भारतले कसकसलाई बोलाउने वा नबोलाउने भन्ने विषय सार्क अध्यक्ष मुलुकले निर्णय गर्ने विषय भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?