+
+

११ वर्षअघिको अपहरण मुद्दाका दोषी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १८:००

३१ भदौ, सप्तरी । बालकको अपहरण गरेको अभियोगमा अदालतबाट कैद र जरिवाना तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

डाक्नेश्वरी नगरपालिका–७ का ४५ बर्षीय शिवकुमार मण्डललाई बिहीबार घरबाटै पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

११ बर्षअघि गाउँकै पुनित चौधरीको अपहरण गरेको मुद्दामा जिल्ला अदालतले २०७१ साल वैशाख ३ गते मण्डललाई ९ बर्ष कैद र १ लाख ५३ हजार १ सय ३३ रुपैयाँ जरिवाना तोकेको थियो ।

२०६७ साल माघ १३ गते तत्कालिन ब्रहमपुर गाविस–५ पसलबाट घरतर्फ जाने क्रममा १३ वर्षका पुनित चौधरी अपहरणमा परेका थिए । मण्डललाई कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?