
१ असोज, पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने दाबी गरेका छन् । एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी खोलेका नेपाल एमालेमै फर्किने उनको जिकिर छ ।
प्रेस चौतारी नेपाल कास्की शाखाले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेका थियौं तर पार्टीभित्र पर्याप्त छलफल नगरी पार्टी विभाजन गर्नुभयो । यो राम्रो भएन । अरु कार्यकर्तालाई पनि नेपालको पछि नलाग्न आग्रह गर्दछु ।’
उनले पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागू गरिएपछि नयाँ पुस्ताले नेतृत्व गर्न पाउने विश्वास समेत व्यक्त गरे ।
एमसीसीका विषयमा सरकारको आधिकारिक धारणा बाहिर ल्याउन जरुरी रहेको पनि उनले बताए ।
यस्तै गण्डकी प्रदेश सरकारले प्रस्ताव गरेको आमसञ्चार विधेयकले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउने देखिएकाले आफू यसको विपक्षमा उभिने भट्टराईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4