+
+

आधुनिक तथ्यांकसहितको ‘दिव्य ज्योतिष विज्ञान’ प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १५:३६

अधिकांश संचारमाध्यममा राशिफल आउने गर्दछ । मानिसहरुले उक्त राशिफल हेर्ने पनि गर्दछन । तर के कति मानिसले राशिफल हेर्छन होला ? त्यसमध्ये कतिले राशिफलमा विश्वास गर्छन होला ?

संसारभरका अधिकांश मानिसहरुले विभिन्न प्रकारका ज्योतिषीय सेवा लिने गर्छन् । नेपालमा वैदिक ज्योतिष सेवाको अभ्यास रही आएको छ । आजभोली वैदिक ज्योतिषको अभ्यास संसारभर फैलिँदो छ । विश्वका अनेकौ देशमा रहेका त्यहिँकै बासिन्दाहरुले पनि वैदिक ज्योतिषीसँग सेवा लिने क्रम बढ्न थालेको छ । तर नेपालका बासिन्दाहरुले ज्योतिष विद्याप्रति कत्तिको विश्वास गर्छन् ?

हो यी र यस्तै वैदिक ज्योतिष क्षेत्रका अभ्यास तथा सुझवा जस्ता अनेकौ विषयमा आधुनिक पद्धतिअनुसार अनुसन्धानसहित जवाफ खोतलेर ज्योतिषी दिवाकर पन्तको पुस्तक ‘दिव्य ज्योतिष विज्ञान’ प्रकाशित भएको छ ।

पुस्तकलाई पैरवी बुक हाउसले प्रकाशन गरेको छ । पुस्तकमा ज्योतिषका आधारभूत विषयदेखि विस्तृत विषयहरु समावेश गरिएको छ ।

पुस्तकमा ज्योतिष क्षेत्रका बारेमा आधारभूत विषयदेखि विस्तृत विषयहरुसम्म समावेश गरिएको देखिन्छ । यस पुस्तक ज्योतिष विद्याका विद्यार्थी, ज्योतिष विद्या अभ्यासरत ज्योतिषी, वैदिक धर्म संस्कृतिप्रति रुचि राख्ने, अध्यता, पण्डित, पुरोहित आदी सबैलाई उपयोगि हुने विश्वास लिएको लेखक ज्योतिषी पन्तको भनाई छ ।

पुस्तकमा वैदिक ज्योतिषको शास्त्रसम्मत ज्ञान, ग्रहका बारेमा जानकारी, मेडिकल एस्ट्रोलोजी, ज्योतिष र शिक्षा, ज्योतिष र पेशा, राशिबारे जानकारी, पञ्चाङ्ग, संवत्सर, कुण्डलीबारे विस्तृत जानकारी समावेश गरिएका छन् । समय गणनाबारे जानकारी, विश्वका समय गणना पद्धति, अक्षांश र देशान्तरसम्बन्धी जानकारी, मलमास, भयात तथा भभोगबारे जानकारी, नाम जुराउने तरीका लगायतका विषय विस्तृत रुपमा समावेश गरिएको छ ।

साथै फलित ज्ञान, विभिन्न योगहरुबारे जानकारी, शनिसाढे साती, ग्रहण, विदेश सेटलमेण्ट तथा विदेश यात्रा, विवाह मिलान, गोत्रबारे जानकारी सरल ढंगबाट विस्तृत रुपमा राखिएको छ । त्यसैगरी पुस्तकमा रुद्राक्षका बारेमा जानकारी, रुद्राक्षका प्रकार, रुद्राक्ष धारण बिधि, पाञ्चायन देवता स्थापना बिधि, नेपाल मनाईने मुख्य मुख्य चाडबाडबारे जानकारी, एकादशी तिथि र यसको महत्व लगायतका विविध विषयहरु विस्तृत रुपमा राखिएका छन् ।

‘ज्योतिष विद्याप्रति विश्वास र अवधारणा’ नामक विषयमा अनुसन्धान गरि यसै पुस्तकमा समावेश गरिएको हो । जसका लागि विभिन्न ११ वटा प्रश्नावली तयार पारि सर्वेक्षण बिधिमार्फत प्रत्यक्ष रुपमा  र अनलाईनबाट गरि ११ सय ५६ जना जवाफकर्तासँग प्रश्नावली भर्न लगाई तथ्यांक संकलन गरिएको छ । अनलाईन विधिबाट विश्वका ३६ देशमा रहेका नेपालीले उक्त प्रश्नावली भरेर सहभागिता जनाएको पुस्तकमा उल्लेख गरिएको छ । त्यसैगरी देशभित्रका विभिन्न ५५ जिल्लामा स्थायी ठेगाना भएका सर्वसाधारणले यस अनुसन्धानमा सहभागिता जनाई प्रश्नावली भरेको अध्ययनबाट देखिएको पुस्तकमा उल्लेख छ ।

यसरी संकलित तथ्यांकलाई आधुनिक अनुसन्धानको बिधि, मापदण्ड, प्रकृया र मानक अनुसार विश्लेषण गरि बृहत्तर रुपमा अनुसन्धानमार्फत निचोड निकालिएको लेखक ज्योतिषी पन्तले जानकारी दिए ।

लेखक पन्त ज्योतिषी, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद्, अध्येता एवं हस्तरेखाविद्का रुपमा स्थापित छन् ।

३ सय ८० पृष्ठको यस पुस्तकको मुल्य ६ सय ६५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?