+
+

न्यूजिल्याण्डको क्रिकेट टिमले सुरक्षाका कारण देखाउँदै पाकिस्तानमा खेल्न मानेन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १६:४२

१ असोज, काठमाडौं । सुरक्षाको कारण देखाउँदै न्यूजिल्याण्डको क्रिकेट टिमले अन्तिम समयमा पाकिस्तानसँग खेल्न अस्वीकार गरेको छ ।

पाकिस्तानसँग तीन ओडीआई र पाँच टी–२० म्याच खेल्न न्यूजिल्याण्डको टोली ११ सेप्टेम्बरमा इस्लामावाद पुगेको थियो । तीन ट्रेसिङ सेसन गरेको उसले शुक्रबार रावलपिण्डीमा घरेलु टोलीविरुद्ध पहिलो ओडीआई खेल्नुपर्ने थियो ।

तर भ्रमण टोलीका खेलाडीहरु होटलमै बसे र समर्थकहरुलाई पनि रंगशालामा जान दिइएन ।

केही समयको अन्यौलपछि न्यूजिल्याण्ड क्रिकेट बोर्डले सुरक्षाका कारण टूरलाई निरन्तरता नदिने निर्णय भएको बताएको छ । न्यूजिल्याण्डको टोली अब देश फर्किने तयारीमा छ ।

न्यूजिल्याण्ड क्रिकेट बोर्डका प्रमुख कार्यकारी डेभिड ह्वाइटले भनेका छन्, ‘म बुझ्दछु कि यो पाकिस्तान क्रिकेट बोर्डका लागि झड्का हो, जसले निक्कै राम्रो स्वागत सत्कार गरेको छ । तर हाम्रा लागि खेलाडीहरुको सुरक्षा सर्वोपरी हो र हामीलाई लाग्छ, यो (टूर स्थगित गर्ने) एउटा मात्र जिम्मेवार विकल्प हो ।’

पाकिस्तान क्रिकेट बोर्डले पनि जवाफी वक्तव्य दिएको छ । एकपक्षीय रुपमा टुर स्थगित गरेकोमा असन्तुष्ट उसले बोर्ड र पाकिस्तान सरकारले पाहुना टोलीका लागि सुरक्षाको सम्पूर्ण बन्दोबस्त गरेको बताएको छ ।

पाकिस्तानका प्रधानमन्त्रीले न्यूजिल्याण्डका सामकक्षीसँग पनि सम्वाद गरेको भन्दै बोर्डले सुरक्षाका कारण भ्रमण टोलीले पाकिस्तान छाड्नु नपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?