+
+

प्रिन्स रिभाईभ लिजरपार्क ब्याडमिन्टनको दोश्रो चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १९:०५

१ असोज, काठमाडौं। आयोजक रिभाईभ लिजरपार्कका प्रिन्स दाहाल प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ को पुरुष एकलमा दोश्रो चरणमा प्रवेश गरेका छन् । प्रिन्सले पहिलो दिनको खेलमा देवान राईलाई २१-७, २१ -१३ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरेका हुने ।

यस्तै दोश्रो चरण प्रवेश गर्ने क्रममा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र पविन लिनथेपले पनि दोश्रो चरणमा स्थान बनाए । रुकेशले शिवराम चौधरीलाई २१ -५, २१ -४ ले तथा पविनले शिभ राईलाई २१ -११, २१-४ ले पराजित गरे ।

पार्कको स्थापनाको उपलक्षमा आयोजना भएको च्याम्पियनसिपमा आयुश्मान नागरीले टंक बहादुर रानालाई २१ । ४ को समान अन्तरले पराजित गरे ।

यस्तै पेम्बा शेर्पाले सुलभ पौडेलमाथी २१ -१८, २१ -१२, एपिएफका सुमन लिम्बुले योगेश खड्कालाई १६-२१, २१-९, २३-२१, अदिश कार्कीले सुक्र तामाङ्गलाई २१-१४, २१-१५, राजु थापाले बुटवलका सुनिल कार्कीलाई २१-१३ को समान अन्तरले, दिपेन गायकले रिसोद सुवाललाई २१-११, २१-१४, बबिश थापाले सुदय झालाबाट वाक ओभर, नविन सिलवाल दितिक न्यौपानेलाई २१-१५, २१-१३, विवेक भट्टराईले ब्रिन्जन बस्नेतलाई १२-२१, २४-२२, २१-१८, एशिया जवेगुले रामु हाङ्ग राईलाई २१-११, २१-१५, बुटवलका रोहित बरालले रोमी राईबाट वाकओभर तथा सेनाका विवेक चौधरीले सुर्खेतका नरेन्द्र बमलाई १८-२१, २१-१५, २१-१३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरेका छन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले शुक्रबार एक कार्यक्रमकाविच च्याम्पियनसिपका साथै रिभाईभमा स्थापना गरिएको क्लबको समेत पानशमा दिप प्रज्वलन गर्दै उद्घाटन गरे । क्लबमा ब्याडमिन्टन कोर्टका साथै, पौडी पोखरी, जिम हल, सौना, ज्यागुजी लगायत कराते तथा उसु कक्ष समेत रहेको छ ।

सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गरिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिीका भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ ।

करीब १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शिर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगल तर्फ शिर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ बर्ष माथीको भेटरान्स युगल तर्फ शिर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?