+
+

प्रचण्ड र माधव नेपाल मधु-कैटव हुन्, चुनावमा तालेमल हुन्न : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते १६:४६

२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा प्रचण्ड र माधवकुमार नेपालको पार्टीसँग तालमेल नगर्ने प्रष्ट पारेका छन् । तर दुबैसँग रहेका नेताहरुलाई पार्टीमा भने ल्याउन सकिने उनले बताए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कतिपयले माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश पोखे । प्रचण्ड र माधवकुमार नेपाल दुबै कम्युनिस्ट नभएको भन्दै उनले भने, ‘माधव नेपाल गुटसँग केही हुँदैन ।’

प्रचण्ड र माधव नेपालको चर्को आलोचना गरेका उनले दुबै नेतालाई मधु-कैटवको संज्ञा दिएका छन् ।

५ सिट पनि नजित्ने माओवादी केन्द्रलाई तालमेल गरेर ३६ सिट जिताउँदाको परिणाम भोगिसकेको भन्दै उनले भने, ‘प्रचण्ड र माधव गुटसँग अब तालमेल हुँदैन ।’

प्रचण्ड र माधव नेपालले अलमलमा पारेकाहरुलाई पार्टीमा ल्याउनुपर्ने भन्दै ओलीले उनीहरुलाई आफ्नो शक्ति बनाउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?