+
+
ए डिभिजन लिग फुटसल : :

दि राइजिङ र स्पाेर्ट्स क्यासलकाे विजयी सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते २०:३१

२ असाेज, काठमाडौं । धरानकाे दि राइजिङ क्लब र पाेखराकाे स्पाेर्ट्स क्यासलले ए डिभिजन फुटसल लिगमा विजयी शुरुआत गरेका छन् ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको उद्घाटन खेलमा धरानको दि राइजिङ क्लबले स्काई गोल्स काठमाडौंलाई ५-४ ले पराजित गरेको थियो ।

राइजिङको जितमा रेवोस मास्केले दुई गोल गरे । यस्तै मिलन लिम्बु, दोर्जे तामाङ र सुदीप गुरुङले एक-एक गोल गरे ।

स्काईका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरेपनि टिमको हार टार्न पर्याप्त भएन । यस्तै आशिष सुनामले एक गाेल गरे ।

शनिबार नै भएकाे दाेस्राे खेलमा स्पोर्ट्स क्यासलले प्रभातफेरि युथ क्लबलाई ७-० काे फराकिलाे अन्तरले पराजित गर्‍यो ।

स्पोर्ट्स क्यासलको जितमा सुमित श्रेष्ठ र खिमराज गुरुङले दुई-दुई गोल गरे भने विजय गुरुङ, दीपेश घले र किशोर गुरुङले एक-एक गोल गरे ।

अखिल नेपाल फुटबल संघकाे फुटसल कमिटीकाे आयाेजनामा भएकाे लिगमा देशभरबाट छनाेट ‍भएर आएका १० टिमको सहभागिता रहेको छ ।

२१ दिनसम्म चल्ने लिगमा कुल ४९ खेल हुनेछ । फाइनल असाेज २२ गते हुनेछ । फुटसल लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?