+
+

सामसुङले किन गर्‍यो एप्पलको ट्रोल ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १६:०२

सामसुङ र एप्पल संसारका सबैभन्दा ठूला दुई प्रविधि कम्पनीहरु मात्र होइनन् एक अर्काका तिव्र प्रतिस्पर्धी पनि हुन् । को भन्दा को कम भन्दै उपभोक्तालाई उत्कृष्ट प्रडक्टहरु उपलब्ध गराउने प्रयास दुबै कम्पनीले गर्दै आएका छन् ।

हालै एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन १३ सिरिज एक विशेष समारोह बीच सार्वजनिक गर्‍यो । आइफोन १३ सिरिजका ४ आइफोनमा एप्पलले विभिन्न उत्कृष्ट फिचरहरु उपलब्ध गराएको छ । त्यसमध्ये एउटा फिचर हो १२० हर्जको डिस्प्ले रिफ्रेस रेट, जुन पहिलोपटक आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा प्रयोग भएको छ ।

उक्त फिचरका बारेमा एप्पलले बढाई चढाई गरेर चर्चा गरेकोमा सामसुङले त्यसैलाई निशाना बनाएर एप्पलको ट्रोल बनाएको छ । स्मरण रहोस् सामसुङले अघिल्लो वर्ष २०२० मा लञ्च गरेको आफ्नो ग्यालेक्सी एस २० मै १२० हर्ज डिस्प्ले रिफ्रेस रेट फिचरको प्रयोग गरेको थियो । अर्थात् जुन फिचरलाई एप्पलले बल्ल अहिले आइफोनमा प्रयोग गरेर ठूलो बखान गरिरहेको छ, त्यसलाई सामसुङले एक वर्ष अगाडि नै आफ्ना स्मार्टफोनमा प्रयोग गर्न सुरु गरेको थियो ।

अमेरिकास्थित सामसुङ मोबाइलको आधिकारिक ट्वीटर अकाउन्टबाट सेप्टेम्बर १४ मा एप्पललाई लक्षित गर्दै लेखिएको ट्वीटमा भनिएको छ ः हामीले केही अगाडि देखि नै १२० हर्जमा रिफ्रेस गरिरहेका छौँ ।

उक्त ट्वीटले सयौँ रिट्विट र हजारौँ लाइक्स पाइसकेको छ ।

हुनत सामसुङले एप्पललाई यसरी अनलाइनमा ट्रोल गरेको यो पहिलो पटक होइन । यसअघि आइफोन १२ मा चार्जर नदिने एप्पलको निर्णयलाई पनि सामसुङले ट्रोल बनाएको थियो ।

गत अक्टोबरमा महिनामा स्मार्टफोन चार्जरको तस्वीर समेत राख्दै सामसुङले ट्वीट गरेको थियो, ‘तपाइँको ग्यालेक्सीले तपाइँले जे खोज्नुहुन्छ, त्यो उपलब्ध गराउँदछ । एउटा स्मार्टफोनमा सबैभन्दा आधारभूत कुरा चार्जरदेखि सबैभन्दा उत्कृष्ट क्यामरा, ब्याट्री, पर्फमेन्स, मेमोरी र १२० हर्जको स्क्रिनसम्म । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?