Comments Add Comment

मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को दोस्रो लेग आजदेखि युएईमा सुरु हुँदा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ ।

आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स समान १२ अंक जोडेको चेन्नाइ रनरेटका आधारमा शीर्ग स्थानमा उक्लेको छ ।

दुबइमा भएको खेलमा चेन्नाइले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । मनो तिवारीले अविजित ५० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

बलिङमा चेन्नाइका लागि ड्वाने ब्राभोले ३, दिपक चाहरले २ तथा जोस हेजलउड र शार्दुल ठाकुरले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलेब्याटिङ गरेको चेन्नाइले ओपनर रुतुराज गाइकवार्डको अविजित ८८ रन मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

२४ रनमै ४ विकेट गुमाउनुका साथै अम्बाते राएडुसमेत रिटार्ड हर्ट भएपछि गाइकवाडले पाँचौ विकेटका लागि रवीन्द्र जडेजासँग ८१ रनको साझेदारी गरेका थिए । जडेजा २६ रन बनाएर आउट भए । त्यसपछि गाइकवाड र ड्वाने ब्राभोले छैटौं विकेटका लागि अविजित ३९ रनको साझेदारी गरे ।

गाइकवाडले ५८ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८८ रन योगदान गरे । ब्राभोले ८ बल खेल्दै अविजित २३ रन बनाउने क्रममा ३ छक्का प्रहार गरे ।

बलिङमा मुम्बइका ट्रेन्ट बोल्ड, एडम मिल्ने र जसप्रित बुमराहले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment